Pages

Tuesday, June 26, 2012

गजल ५९


अप्सरा झै राम्री उनी लुकी लुकी हेर्छु 
शिर देखी पाउ सम्म झुकी झुकी हेर्छु!१! 


जुनेलीले जुन छर्दा सुन जस्तै राम्री 
अँधेरिमा पँधेरिमा ढुकी ढुकी हेर्छु!२!


कल्पनाको संसारमा अंगालोमा बेर्दै 
कालो लामो कपाल त्यो फुकी फुकी हेर्छु!३! 



उनिलाई ठेस लाग्दा दुख्छ मेरो मुटु 
अचानो झै हुन्छु अनी दुखी दुखी हेर्छु!४! 


बेदनामा रुमलिदा रसाउछ आँखा 
आँशु बनी परेलीमै सुकी सुकी हेर्छु!५!


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: