Pages

Sunday, July 01, 2012

गजल ६२



मरी जाँदा  केही लाने आश छैन मेरो
बाँचुन्जेल फेर्न पुग्ने सास छैन मेरो!!


जहाँ पुग्दा साँझ पर्छ त्यही काट्छु रात 
बसेरामा बस्न लाई बास छैन मेरो !!


साहित्यको पाटो भित्र लर्बरिन्छ खुट्टा 
मधुरो छ चिनारी नै खास छैन मेरो!!



औशिको त्यो अंधेरिमा हुर्किएको मान्छे 
टोलाउदै जुन हेर्ने आकाश छैन मेरो!!


हावा सँगै जान्छु भन्थे क्षितिजको पारी 
उडाएर लान सक्ने बतास छैन मेरो!!


सिनो लुछ्ने गिद्द हरु नरमाउ तिमी 
चिता माथि जली सके लास छैन मेरो!!


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: