Pages

Wednesday, July 25, 2012

गजल ८५


मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ 
दु:खी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ ||


उतिसका हाँगा बिंगा भेला पारी मैले 
मकै भुटी खान आगो बाल्दा तिमी हाँस्यौ ||


आगो फुकी ओदानमा पानी तातो पार्दै 
भोको पेट भर्न सिस्नो गाल्दा तिमी हाँस्यौ ||


पेट भर्न सक्या छैन कहाँ पाँउ जुत्ता?
बगरमा खाली खुट्टा चाल्दा तिमी हाँस्यौ ||



पलपल यहाँ मरेको छु गरीबीले म त
बाध्यतामा ठाडो शिर ढाल्दा तिमी हाँस्यौ ||


सक्दिन म रोको देख्न लाला बाला मेरा
खाको गाँस ओकलेर पाल्दा तिमी हाँस्यौ ||


जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: