Pages

Wednesday, July 11, 2012

गजल ७०


मानेर गरीब नहेप तिमीले 
ठानेर कम्जोरी नचेप तिमीले!!


हिन्दै छु म आज बारेर बरखी 
छानेर रङ त नछेप तिमीले!!


मिलेर हामीले लाएको सिमना 
हानेर कोदालो नसेप तिमीले !!



संम्झेर बिमारी सक्दैन भनेर 
तानेर शरीर नढेप तिमीले!!


हुँदैन उचाल्न दु:ख त सजिलो 
जानेर यो भारी नखेप तिमीले !!


जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: