Pages

Wednesday, July 11, 2012

गजल ७१



अरबको खाडीमा सुनौलो भबिस्यको रेखा कोर्दै गर्दा बर्तमान मै अकालमा ज्यान गुमाएका ति आत्मा प्रती समर्पित 

गजल

कहाँ बाट अपुस्ट त्यो समाचार आयो 
रुवाबासी गावै भरी हाहाकार छायो !!


घाँटी सुकी छट्पटायो अनी ढल्यो त्यही 
कठैबरा!बिचराले न त पानी पायो!!


मर्ने बेला थेन कोही ओरीपरी आफ्ना 
आँखा भरी आँशु भर्दै हल्का मुख बायो!!



आखिरमा के नै लग्यो मरी जाँदा उस्ले 
बाँचुन्जेल ऋण संम्झी आधा पेट खायो!!


नेपालको बजारमा उस्कै कथा आज 
सारङीमा गाइनेले रेटी रेटी गायो!! 


जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: