Pages

Wednesday, August 01, 2012

गजल ८८


मिर्मिरेको बिहानी नै बैमानी भो यहाँ 
बैश फूल्ने फूलदानी नै बैमानी भो यहाँ||


तन्देरिको त्यो हुलले सताउदा मलाई 
आज आफ्नै जवानी नै बैमानी भो यहाँ!!


छट्पटिदै कोल्टे फेर्दै बित्छ रात मेरो 
निन्द्रा दिने सिरानी नै बैमानी भो यहाँ||



चोर फटाहा गुण्डा अनी भस्ट्र नेता पाल्ने 
नेपालको राजधानी नै बैमानी भो यहाँ||


आफ्नै छोरी नखर्माउली तन्देरीको के दोष?
खोटो सिक्का चौआनी नै बैमानी भो यहाँ!!




जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: