Pages

Saturday, August 04, 2012

गजल ९०
















कर्तब्यको मार्गबाट बिचलन भयौ 
हिजो जस्तो छैनौ तिमी संशोधन भयौ||


गजलको बाहनामा भावनाका कुरा 
प्रस्फुटन हुँदै आँफै बिमोचन भयौ||

राजनितिको संन्जालमा बिरोधीको साथ
सहमती जुटाएर समायोजन भयौ||


लुटी खाने भाँडो थियो संबिधान सभा
मिती थप्न नसकेर बिगठन भयौ||

चुनावमा दुई ठाउँ हारेका थ्यौ तिमी
मन्त्री हुन कहाँ बाट मनोनयन भयौ?


जीतु खड्का गाँउले
मोरङ उर्लाबारी












Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: