Pages

Wednesday, August 01, 2012

गजल ८७


रातै भरी झुपडीमा केटा केटी रोका थिए 
कठैबरा!बिचरा ति हिजै देखी भोका थिए||


सिरेटोले मुटु काम्ने जाडो उस्तै बढेको थ्यो 
भत्किएका भित्ता हरु झ्याल अनी ढोका थिए||


हप्काउदै खोल्नु भयो शंका गर्दै बारुधको 
भर्सेलिमा ध्वाँसो लाग्या गुन्द्रुकका पोका थिए||



कस्ता मान्छे भर्ती भए हजुरको पल्टनमा 
सुरक्षाको घेरा भित्र छिल्लिएका बोका थिए||


छापामारी गर्नु भयो के भेट्नु भो हजुरले ?
गाँउलेका घर भित्र नाम्ला अनी डोका थिए||




जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: