Pages

Wednesday, August 01, 2012

गजल ८६

किन किन मै जन्मेको धर्ती प्यारो लाग्छ 
बुढा पाका अनी उन्का अर्ती प्यारो लाग्छ!!

जात लाई सर्बोच्चता ठान्ने बाजे भन्दा 

अर्ती दिदै डोली बोक्ने घर्ती प्यारो लाग्छ!!

राष्ट्र सेवक सान छुट्टै देख्दा डाहा हुने 
तन्देरिमा सबैलाई भर्ती प्यारो लाग्छ !!

नुन खान सकिदैन कहाँ भेट्नु सुन 
त्यसैले त सुनारलाई जर्ती प्यारो लाग्छ!!

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: