Pages

Tuesday, January 22, 2013

गजल


(रमाइलोको निम्ती अलिक छुट्टै काफियाको प्रयोग गर्ने कोशीस मा )
---------------------------------------------
गजल 
-----------------
आज राती सपनिमा के के देखे मैले 
उही देख्यौ तिमीले नि जे जे देखे मैले||

सम्झिदा नि लाज लाग्छ भन्नै भाको छैन 
भन्दिन भो लाज लाग्छ हे हे देखे मैले||

उनी र म भेडी गोठमा भेडा हेर्न जाँदा
माथि माथि लेखैको त्यो ले ले देखे मैले||



बार्सिलोना पक्ष लिदै हेर्दै थिए टि. भि.
खिर्स्टियानो रोनाल्डो र पे पे देखे मैले||

पक्कै पनि सुत्केरी भै दाईकी साली हिजो
लुकाएर राखेको त्यो ते ते देखे मैले||

नोट हे हे = हाँसेको हाँस्दा निस्किने शब्द
ते ते = बालापनमा बच्चाले तेल लाई गर्ने उच्चारण
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish