Pages

Saturday, February 02, 2013

गजल


छोटो जामा लायौ र पो फर्की फर्की हेरे 
रिसाए झैँ गरीकन झर्की झर्की हेरे|१|

सुन्दर्ता हो हेर्न लाई छुन लाई होइन 
त्यसैले त बाङ्गो हुँदै मर्की मर्की हेरे |२|
 
पानी पिउने निहु गरी पँधेरोमा भेटे 
दियौ पानी पिउदा पिउदै सर्की सर्की हेरे|३| 

उसैलाई हेर्दै थिए कोही आई छेक्यो 
कर्के नजर घुमाउदै कर्की कर्की हेरे |४|

उनी सामु उस्तै बनी दाँजिन पो होकी 
चिरीच्याट्ट हुँदै आँफै लर्की लर्की हेरे|५|

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish