के बयान गरु तिम्रो तिम्रा कामै निराला छन|
चड्दैन त्यो मुस्ताङ तिम्रो हेलिकेप्टर चढि आउ
गाउले बस्ने भिर पाखा उकाला र भिराला छन||
बिधुवाको सिन्दुर पुछ्ने यही समाज हो
चुरा फोर्ने पोते लुछ्ने यही समाज हो |
नसिकाउ तिमी मलाई के हो भाईचारा
रगतले माटो मुछ्ने यही समाज हो||
कती रात भोकै सुते चिसो चुल्हो नसल्केर
उज्यालो नि छर्लङै भो एकै पल नढल्केर |
दु:ख सुख जिन्दगी हो आँशुनै थ्यो साहारा त
सम्हालेर राखेको थे पोखीएछ छछल्केर ||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish