देहको ब्यापार हुन्छ हाम्रो शहरमा !१!
को भन्दा को कम कमाउने होडबाजिले
कमाउनै हतार हुन्छ हाम्रो शहरमा !२!
त्यो तिम्रो गाँउमा झुप्रा झुप्री मात्र होलान्
जोगी कै दरबार हुन्छ हाम्रो शहरमा !३!
ठगेर ढाँटेर जसरी हुन्छ कमाउने
जिब्रो नै औजार हुन्छ हाम्रो शहरमा!४!
इमानी रहेछौ ए 'गाँउले' फर्क गाँउ
सोझो त चौकीदार हुन्छ हाम्रो शहरमा!५!
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish