Pages

Wednesday, April 17, 2013

गजल

दुइटा मतला भएको गजल 


आगो र पानीको कथा सुनाउछु 
मिर्मिरे बिहानीको कथा सुनाउछु |१| 

त्यो नक्कली नानीको कथा सुनाउछु 
ढल्कदो  जवानीको कथा सुनाउछु |२| 

देहको पसल थापेर बस्ने ती
रातकी रानीको कथा सुनाउछु|३|


उर्लदो बैसमा नौनी निकाल्ने त्यो 
ठेकी र मदानीको कथा सुनाउछु |४|

नेपाल बन्दले सधै तर्सिएका
बेहाल दोकानीको कथा सुनाउछु|५|

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish