Pages

Wednesday, April 17, 2013

गजल (हजुरकै )

मञ्च माथी देखे मैले आसन हजुरकै 
फेरी पनि लादे हुन्छ सासन हजुरकै|१| 


मिती सारे हुन्छ हजुर चुनाव गर्न हुन्न
र पो टिक्छ बर्षौ सम्म सिंहासन हजुरकै|२|

आश्वासन दिनु भयो दिउसै जून लाग्ने
मन्त्रमुग्ध हुँदै सुने भाषण हजुरकै |३| 


गरीबको झुप्रो भित्र भोकै सुत्दा लालाबाला 
भकारीमा टन्न देख्छु रासन हजुरकै |४|

चार बर्ष थारै रहयो च्वं च्वं कठै मालीगाइ
नजन्मिदै हत्या गर्ने दुसासन हजुरकै|५| 

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish