Pages

Wednesday, April 17, 2013

गजल

अभाब र गरीबीले डमाडोल छ जिन्दगी 
समस्याको थुप्रै थुप्रो भद्रगोल छ जिन्दगी|१|

आँत्मा संग डराएर आँत्माहत्या गर्ने हरु 
बाँचेर त हेर तिमी अनमोल छ जिन्दगी|२|

के बेचौ खै आँत्मा बेच्न उचालेर हेर्दा पनी 
न धार्नी छ न बिसौली मात्र पोल छ जिन्दगी|३| 


कसरी पो समेटुँ म आँट्दैन यो हत्केलामा
छछल्केर पोखिने भो झोलै झोल छ जिन्दगी |४|

जहाँ जहाँ पाइला राख्छु त्यही ठाँउ भासिदै छ
कता जाउ कसो गरौ भो अन्योल छ जिन्दगी|५| 


जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish