Pages

Friday, May 24, 2013

गजल

कोही आए पागल उपमा दिएर गए 
तन्काएर गुलेली कोखमा दिएर गए ||


जिउनु र मर्नुको बिचमा झुलेको थिँए 
पिउनु भन्दै जहर हातमा दिएर गए||


चोट दिने आफ्नै थे पराइ थिएनन् कोही 
बचन वाण कलेजी माझमा दिएर गए||



आँफै लाई ऐनामा निहाली हाँस्दै छु अझै 
के नमिठो मुस्कान ओठमा दिएर गए ||

नसक्छ यो 'गाँउले' अभागी पुर्पुरो फेर्ने
सक्दिन मेट्न कलङ्क माथमा दिएर गए||


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish