Pages

Sunday, July 14, 2013

गजल

भट्टिमा बस्नेलाई विद्वान भन्दैनन् कसैले 
जँडिया नै भन्छन हान भन्दैनन् कसैले ||

हजार हालेर दानको पेटीमा करोड माग्छन 
तँलाई कस्तो छ भगवान भन्दैनन् कसैले ||

खोजिन्छ पहिचान ऊ जात अनी कु जातमा 
नेपाल आमाका न्तान भन्दैनन् कसैले|| 


सत्ता छ हातमा यो देश बेचेरै खानुस् लौ 
बिकेछ नेताको मान भन्दैनन् कसैले||

सित्तैमा दिनभर गजल सुनाउछ 'गाँउले '
कसरी जल्छ तेरो दान भन्दैनन् कसैले||

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish