Pages

Wednesday, July 31, 2013

गजल

सुन्य लाग्छ जिन्दगी यो निराश उस्तै फेरि 
महसुस भो एक्लो भाको आभाष उस्तै फेरि||

जती चड्छु उती लड्छु हिम्मत हार्या छैन 
जिन्दगीमा जारी नै छ प्रयास उस्तै फेरि||

चन्द्र छुने लक्ष्य बोकी भरेको छु उडान 
तुँवालोले ढाकेको छ आकाश उस्तै फेरि|| 


गरिबीले दम घोट्दा म श्वास फेर्न खोज्छु 
जहर बोकी बहकिन्छ बतास उस्तै फेरि||

तमासा भो जिन्दगी यो रमित हेर्छु आँफै 
प्रकृतीको प्रकोप छ बिनास उस्तै फेरि||

जीतु  खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish