Pages

Wednesday, July 31, 2013

गजल

मेरै हो यो सेरोफेरो भन्थे मुखिया बा
राखो पाखो सबै मेरो भन्थे मुखिया बा||

                                          गौ चरन बिर्ता थियो नटेक्नु है अब
मेरो थियो लाएं घेरो भन्थे मुखिया बा||

खुत्यो बुढा सबै तिम्रो धक्कु लायौ भन्दा
हँ के भन्छ यो गठेरो भन्थे मुखिया बा||

सुन छोरा सुन नाती ध्यान दिएर सुन
हिंड्ने बाटो छ अफ्टेरो भन्थे मुखिया बा||

एकै मानो चामल रैछ जाँदा लाने साथ
छैन रैछ मेरो तेरो भन्थे मुखिया बा||

जीतु खड्का
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish