Pages

Wednesday, July 31, 2013

गजल

त्यो पहाड भिर पाखा पखेराले भन्छ 
छिट्टै फर्क आफ्नै घर बसेराले भन्छ||

शिकारीको जालमा परे चारो टिप्न जाँदा 
मेरा बाबा फर्किएनन बचेराले भन्छ||

पंखेटा छ उड्न सक्छु चरी ठान्छ मान्छे 
जनवार हुँ बच्चा पाउछु चमेराले भन्छ ||


डाकु थिए रत्नकार तिमी ज्ञानी ठान्छौ 
यही सम्झ रत्नकार हुँ लुटेराले भन्छ||

न नाता छ न कुटुम्ब धनै रैछ आफ्नो 
नाता आफ्नो न तेराले न मेराले भन्छ||

जीतु खड्का गाँउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish