Pages

Monday, July 15, 2013

गजल

पहिचान फेरिए पछि परीबेश फेरिए पछि 
अस्तित्व नै मेटिने छ अबशेष फेरिए पछि||

मेचीकाली लुटिदै छ सुस्त सुस्त सुस्ता सरी 
को नेपाली रहन्छ र? मेरो देश फेरिए पछि ||

आज हिन्दू जो छ उही गाई काटी खान्छ भोलि 
हृदयमा ब्रम्हा बिष्णु र महेश फेरिए पछि||


शिवजीले भक्तलाई एउटा प्रश्न सोध्नु भयो
भन भक्त सुरुमा को पुज्छौ गणेश फेरिए पछि||

मृत्‍युसैया टेकेको छ भेट्ने भए जाऊ तिमी 
मर्छ गाउँले रहदैन ऊ निमेष फेरिए पछि||

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish