Pages

Wednesday, July 03, 2013

गजल

आलै छ घाऊ समयले दिए पछी 
सहन्छु नचलाऊ समयले दिए पछी||

कोडीको पाउ मोलीमोली बाँच्नु पर्दा 
गधा भो बाउ समयले दिए पछी ||

अँध्यारो रात छ भाग्यले जुराएको 
समिपै आउ समयले दिएपछी ||


जली रहोस दियो मधुरो मधुरो 
भयो ननिभाउ समयले दिए पछी||

भाग्यमा भए पछी आउछ लडीलडी 
सुतेरै खाउ समयले दिए पछी||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish