Pages

Wednesday, July 03, 2013

गजल

पुर्णिमाको जून थियो औशी पूर्व आधा भयो 
उज्यालोको चमक थ्यो हेर्दाहेर्दै सादा भयो|१| 

जून जस्तो मुहार पाँए जिब्रो टोक्ने ताँती भए 
हे भगवान किन दियौ यै जवानी व्याधा भयो |२| 

इमानी भै बाँच्न खोज्दा भोकै रहेँ यो शहरमा 
जती जिएँ तृप्त भएँ बाँकी जीवन ज्यादा भयो|३| 


नेता ज्युलाई मञ्च माथी ओढाएको दोसल्ला हो 
मेरो निम्ती कात्रो समान उस्को निम्ती खादा भयो|४|

गाँउले तेरो भाग्य खोटी रैछ चित्त बुझा अब 
अघी बढ्दा तेरो छाँया तँ लाई नै बाधा भयो|५| 

जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish