Pages

Sunday, August 04, 2013

गजल एकाक्षेरी काफिया

उदास यो जिन्दगीमा खुशी कहाँ भेटिन्थ्यो र 
छाती भित्रै आँधी रैछ हुरी कहाँ भेटिन्थ्यो र ?

यो भाग्यमा खुशी थोरै लेख्या रैछ भावीले नै 
जति थियो उती पाएँ बढी कहाँ भेटिन्थ्यो र ?

गन्तब्य नै हराएछ बे-ठेगान जिन्दगीको 
खहरेमा बग्दै जाँदा नदी कहाँ भेटिन्थ्यो र ?

पानसमा दियो जली उज्यालो त छरेकै थ्यो 
दियो मुनी परेपछि ज्योति कहाँ भेटिन्थ्यो र?

आँखाभरी आँशु थियो मुटुभरी बेदना थ्यो 
अंग अंग भरीपूर्ण खाली कहाँ भेटिन्थ्यो र?

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल- बालुवाटार

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish