Pages

Tuesday, August 06, 2013

गजल

आँशु पुछ्दै के हो भन्यौ पानी भन्न बाध्य थिएँ
झुटो किन बोल्छौ भन्दा बानी भन्न बाध्य थिएँ || 

अभाबले यती डस्यो कसरी म बयान गरु 
गर्धनमा खुकुरी थ्यो सिरानी भन्न बाध्य थिएँ || 

पापा माग्दै रुन्थी छोरी गोजी छाम्दा रित्तो भेटे 
खुद्रा छैन भोलि किन्छु नानी भन्न बाध्य थिएँ || 

साथि भाइ पार्टी गर्न तम तयार भएका थे 
झुटो बोल्दै भोलि गाँउ जानी भन्न बाध्य थिएँ||

कोडीको नी पाउ मोल्नु पर्दो रैछ बाध्यतामा 
सुसारे थी उसैलाई रानी भन्न बाध्य थिएँ||

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish