Pages

Monday, August 19, 2013

गजल

जल वायु परिवर्तन हुँदा प्रलय हुन सक्छ 
फेरी सभ्य समाजको पुन:उदय हुन सक्छ||

संघियता पहिचान झुटो सपना सजाएर 
दाजु भाई लडीरहे सत्रु बिजय हुन सक्छ||

गजलको राजधानीमा बिवाध किन गर्नु हुन्छ 
त्यो केवल काफियामा राख्ने निर्णय हुन सक्छ||

फेरी आयो प्रभात त्यो सुनौला ति किरण बोकी 
उठ जाग नौ जवान हो शुभ समय हुन सक्छ||

आज फेरी अचानक दुई धुर्ब एकै भए 
सहमती गर्नुपछी स्वार्थ निश्चय हुन सक्छ|

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish