Pages

Monday, August 19, 2013

गजल

उधारो जिन्दगी जिएँ त के भो? 
गालेर जिन्दगी पिएँ त के भो?

जिउनु नै थियो टालेर मुटु 
फाटेको रहेछ सिएँ त के भो?

लडेर उठ्नु त्यो बाध्यता थियो 
टेकेर बैसाखी भिएँ त के भो?

परेछु छु नोक्सानी लाएर मायाँ 
घाटैको ब्यापार लिएँ त के भो?

देखेन कसैले निहाली हेर्दा 
सबैको सामुन्ने थिएँ त के भो?

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish