Pages

Monday, August 12, 2013

गजल

मन्द मन्द मुस्कान छ बचाई राख्नु सानु 
हाँसो खुशी मुहारमा सजाई राख्नु सानु||

जून भन्दा चहकिलो मुहार रैछ तिम्रो 
जून बनी अधेरिमा उदाई राख्नु सानु||

कल्पनामै रमाउला निधाउला यसैगरी
समेटेर यादहरु पठाई राख्नु सानु ||

लर्खराए पाउ भने ई हात थामी उठ्नु 
नछोड्नु ई हात मेरा समाई राख्नु सानु||

आवाजमा पछ्याउने छु नजर बन्द भए
सुस्केरामा सुसेलेर सुसाइ राख्नु सानु ||


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish