Pages

Monday, August 12, 2013

गजल

उ तमासा हेर्दै थियो दाजु भाइ लडाएर 
एउटा लाइ झराएर अर्को लाइ चढाएर||

फेरी गर्छौ जनयुध्द भन्दै थिए नेताहरु 
ती गरिब ती निमुखा बस्ने झुपडी जलाएर||

सुकुम्बासी बस्ती हरु जलाएर सरकारले
सान्त्वना दिन खोज्छ वार्ताटोली खटाएर||


नेपालीनै बन्चित छ नागरिता लिन बाट 
पर्खाइमा मर्छ कठै! नाम दर्ता गराएर ||

स्याल पनी बाघ सम्झी गर्जदै छ के अचम्म
धम्काउदै छ तर्साउदै छ हतियार देखाएर||


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish