Pages

Sunday, August 18, 2013

सिद्दीचरण जन्माएर देखा

सुन्य पैसामा बैंकमा एकाउन्ट त खोलिन्छ अचेल भने जाबो फेसबुकमा एकाउन्ट खोल्न कुन चै महँगो पर्छ र नखोल्नु मैले 
बाख्रो बेचेर मोबाइल किनेकै छु भाले बेचेर सिम किनेकै छु भन्दै ओखलढुङा रुम्जाटारका गुञ्जमान राइ नुन लिन
ढाकर बोकेर आउँदा भञ्ज्याङको चौतारोमा बसेर फलाक्दै थिए| एकाउन्ट खोल्न खुब रहर गरेको देखेर मैले नै एकाउन्ट खोलेर 
सुरुमा आँफै लाई एड गरेर उन्को मोबाइल उनै लाई जिम्मा दिएँ | खुशी हुँदै नुनको भारी बोकेर भञ्ज्याङ बाट उधै उधो आफ्नो गाँउ रुम्जाटार तिर लागेका थिए| २ घण्टा चुइ चुइ नुनको भारी बजाउदै तल चौतारोमामा पुगेर तोक्मा लाएर खुइ गरेर सुक्सेरा हालेछन |अगी हिन्दा चुइ चुइ चुइकेको ढाकरको आवाज याद गरेछन अनी अहिलेको खुइ मिलाएर 

टुप्पोमा कबिता लेखेर 

चुइ चुइ खुइ चुइ चुइ खुइ 
खुइ चुइ चुइ खुइ चुइ खुइ 
चुइ खुइ चुइ चुइ खुइ खुइ 
चुइ चुइ खुइ चुइ चुइ खुइ ..................


वाल पोस्ट गरेछन 
म नि छुद्रो कमेन्ट ठोकी हाले कबिता यस्तै हुन्छ गुञ्जमान जि भनेर 
आम्बो बुढा बिच्केका 
म ओखल्डुङाको मान्छे हुँ 

मैले पाधे नि कबिता हुन्छ 
मैले छादे नि कबिता हुन्छ 
मैले मुत्दा नी कबिता हुन्छ
मैले सुत्दा नी कबिता हुन्छ 
मैले थुक्दा नी कबिता हुन्छ

त मुलालाई के थाहा कबिता भन्ने 

सक्छन भने तँ पनि एउटा सिद्दीचरण जन्माएर देखा न भन्दै बुढा खुब बिच्किए |
के भन्नु मैले त्यहाँ आफै सानो हुदै फाइदा हुने देखें  ज्ञानी ज्ञानी भेला भए हुन्छ ज्ञानको बात मुर्ख मुर्ख भेला भए चल्छ हात र लात 
भन्ने कबिता याद गरे 
लौ मैले सिद्दीचरण जन्माउँन कहा बाट सक्छु होला बिहे गरेको ४ बर्ष बित्ता एउटा नानि त जमाउन सकेको छुइन भन्दै मोटर चडेर लागे आफ्नो गन्तब्य तर्फ..................
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish