Pages

Monday, August 12, 2013

रमाइलो गजल

मेरो निम्ति फेसबुक एउटा चौतारो भएको छ 
कमेन्ट र पोस्ट भ्याई नभ्याई चटारो भएको छ||

हेर्दा हेर्दै परिवर्तन भो लिंग अचम्म त्यो साथीको 
अगी सम्म पुतली थ्यो अहिले छेपारो भएको छ||

उस्ले ट्याग गर्यो मेरो गजल चोरेर मलाइ नै 
उस्लाई हैन मलाइ पो लाजको पसारो भएको छ||

गजलकार जम्का भेट भट्टीमा हुन्थ्यो रे साँझपख 
चौतारोमा हुन्छ अचेल त्याहाँ त उधारो भएको छ||

छन्दबद्द लयबद्द गजल आधुनिक कुन्नि के रे   
परिभाषा फेरिएर गजल भकारो भएको छ||

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish