Pages

Sunday, August 18, 2013

गजल

बाँझैँ देख्छु खेत बारी किसान हराए छ 
खेती गरी जाहान पाल्ने निदान हराए छ||

छाती पिट्दै बुढी आमा रोइन आँगनीमा 
विदेश बाट छोरो आको बिमान हराए छ||

आस्था बोकी गएको थे पथ्थर पुजी आँए 
थाहै थेन मन्दिर बाट भगवान हराए छ||


लास माथी राजनिती अचम्मै भो हजुर 
हिजै राती सम्सानबाट चिहान हराए छ 

ढ्याङ्रो ठोकी ऊपचार गरिन्छ बिमारीको 
अन्धबिश्वास सामुन्नेमा बिज्ञान हराए छ||

जीतु खड्का गाउले 
उर्लाबारी मोरंग
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish