Pages

Monday, August 26, 2013

रमाइलो गजल

म अचेल Dance india danche डान्स इन्डिया डान्समा बुढीमाउ ममीहरुको डान्स खुब हेर्छु सानीवार र आईतवार जि टि भि मा 
हिजो र अस्तीको भाग हेर्दा ग्र्यान मास्टर #मिथुन_चक्रवतिले लुङी उठाएर डन्स गरेको डान्स 
मै लुङी उठाके डिस्को दिखाती ....
झल्यास्स सम्झिए अनी हाम्रा नेपाली साथी हरुले नेपाली गजल लेख्दा आधा उधा हिन्दी शब्द राखेर कोरेको गजल सम्झिए
अनी म यो सोच्न थाले यदी मिथुनले चक्रवतिले नेपाली गजल लेख्ने भा कस्तो लेख्थे होला एक छिन घोत्लिए घोत्लिए अनी यस्तो लेखे 

गजल (लुङ्गी डान्स )

यो लुङ्गी उठाउदै म डिस्को देखाउछु 
र इज्जत बचाउदै म डिस्को देखाउछु||

डान्सको दुनियाँमा तहल्का मच्चाउदै 
आफ्नो ठाँउ जमाउदै म डिस्को देखाउछु||


यो लुङ्गी मञ्चमाथी खुस्किए डान्स गर्दा 
सर्माउदै लजाउदै म डिस्को देखाउछु||

साँझमा रमाइलो साँइलिको भट्टीमा 
गजल सुनाउदै म डिस्को देखाउछु||

मिथुन चक्रवती हो मेरो नाम भन्दै 
सबैलाई गिज्याउदै म डिस्को देखाउछु||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: