Pages

Monday, August 26, 2013

"आधा बुझ्नु र उल्टो बुझ्नु भन्दा नबुझेकै राम्रो "

"आधा बुझ्नु र उल्टो बुझ्नु भन्दा नबुझेकै राम्रो "

प्रसंग आफ्नै बिगत कोट्याउदा ......
म सानै थिए भर्खर कट्टु समालेर लाउन सक्ने भएको थिएँ | जून बेला भारतीय सिनेमा जगतमा सालमान खानको पहिलो इन्ट्री हुदै रहेछ अहिले कुरा बुझ्दा 
गाँउका टाठा बाठा मिलेर गाँउमा पहिलो पल्ट रंगिन टिभी मा ज्यानेटर बाट सिनेमा देखाउने भए बेलुका भात खाएर घरै छेउको 
शान्ति प्रथामिक बिद्यालयमा 
बाउ संग रोइ कराई नदिए भोलि बाट भैशी हेर्दिन म भन्दै धम्काई धम्काई टिकटको लागि तिर्ने रकम २० रुपयाँ लिएर इजारवाला कट्टूको इजार छिराउने प्वाल गोजीमा घुसार्दै लागेँ म पनी स्कुल तीर 
कट्टु बाट पैसा झिकेर शो चलाउने दाइको हातमा २० रुपया थमाएर छिरे भित्र कोठामा 
गाँउ भरिका मान्छे खचाखाच छन् कोठा भरी हामीलाई काम चलाउ पढाउने पिउन सर पनी छन् बसेका अगाडी 
फिलिम सुरु भो फिलिम थ्यो 

"मैने प्यार किया" 

फिलिम त बुझे पो हेर्दा हेर्दै हावामा सकियो 
बिथ्थामा २० रुपया तिरेर हेरेको मैले भन्दै गुनासो गर्दै घर गएर सुते 
अनि बिहान उठे बुवा जोत्न जानु भो मकै बारीमा घाँस धेरै छ दाजु भाइ भएर एक् एक ओटा भैशी लिएर आओ माथ्ला घरे को नी भैशी चराउन बोलाएर ल्याओ घाँस जोते पछी नस्ट हुन्छ भन्दै बुवा जानु भो 
बासिभात दिदिले भुटीदिनु भो अनि खाइयो 
अनि भित्र छिरेर तोरीको तेल केशमा दलेर 
जुल्फी फर्काउदै निस्कियो केटो भैशी गोठालो गर्न 

हिजो राति हेरेको फिलिम नबुझे पनी 
एउटा गित चै खुब याद गरेको थिए अब फिलिम नहेर्ने लाइ जो सुनाउनु छ मैले हिजो फिलिम हेरे भनेर 
अनि भैशीको ढाडमा बोरा ओछ्याएर रेसको घोडा दौडाउँन लागे झैँ रेडी भो माइलो 

टपरामा मुते जस्तो स्वर निकालेर थाल्यो गित गाउँन 

तुरु तु तुरु तु......... 

दील दिवाना दील सजना को मानेन 
हेपा गुला हे हेपा गुला हे सम्झनाले मानेन 
भन्दै 
आधा हिन्दी आधा नेपालि मिसाएर सबै हिन्दी त बुझेको भा पो त 


समय बित्दै गयो हिन्दी बुझ्दै गए 
अनि यता अरब आए पछी एक पल्ट जी टि भी मा 

आयो मैने प्यार किया फिलिम 

मजाले पुरै हेरे जब त्यहि गीत आयो 
तुरु तु तुरु तु .........................

दील दिवाना दील सजना को मानेन 
हेपा गुला हे हेपा गुला हे सम्झनाले मानेन 

आफै लडी लडी हाँस्न थाले 

के को हेपा गुला हुनु मुला न सुला 
ए पगला हे 
पो रहेछ
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: