Pages

Monday, August 26, 2013

गजल ( सवाई)

जे सुनाए मात्र झुटा समाचार थिए 
म माथिका आरोपहरु निराधार थिए ||

गाँउ बस्ति जलाएर आन्दोलन भयो 
जनतामाथी गरिएका उपकार थिए||

हिजो साँझ भट्टीभित्र कार्यक्रम भयो 
भन्दै थिए उस्का गजल दमदार थिए||

सुरा थिए सुन्दरीका प्यारा हुन खोज्ने 
साँच्चै उनी श्री कृष्णका अबतार थिए||

पिरतीको पासो थापी बसेका ती जोडी 
मझिएका  खेलाडी झै होसियार थिए||

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: