Pages

Monday, August 26, 2013

गजल ( रमाइलो )

महङीको प्याज पर्‍यो काट्न पनि सक्दिन म 
ललीपप चाटे जस्तै चाट्न पनि सक्दिन म||

कठैबरा!त्यो बिचरा!भएको छु हिजो आज
हाल मेरो बेहाल भो ढाँट्न पनि सक्दिन म||

माया गर्छु भन्छे काली घरबारे हुँ भन्दा पनि 
जेठि माथि सौता हाल्न आँट्न पनि सक्दिन म||


के पालेको यस्तो भन्दै तान्छिन मेरो बोके दार्ही 
सम्पति नै यहि हो मेरो छाँट्न पनि सक्दिन म 

महँगो नै सुन भन्थे जोडेको थे टिका मुन्द्रा 
सुन सँग प्याज लसुन साट्न पनि सक्दिन म||


जीतु खड्का गाउले 
उर्लाबारी मोरंग 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: