Pages

Monday, August 26, 2013

गाईजात्रा बिसेश गजल

गजल 

नठौरीको थेगो रैछ, अनौठो त्यो उईमा, लाजै मर्नु 
बिरालो च्यापी संगै सुत्छे, लोग्ने सुत्छ भुइँमा, लाजै मर्नु |१| 

हिजो आज हेर्न पाइछ, उस्को सारा तमासा, सडकमा 
नानि बाबु हिडाउदै ,कुकुर बोक्छे बुइमा, लाजै मर्नु|२| 

मैले बोले छ महिना, चुप हुन्छ श्रीमान, पनी मेरो 
के दम छ भन्छे जाबो, त्यो संगीनी सुइमा, लाजै मर्नु!३!


मैले छुदा रिसाउछे ,झर्किन्छे र भन्छे, रिस उठ्छ 
काउकुती लाग्छ भन्छे ,त्यो नाठोको छुइमा, लाजै मर्नु |४|

आधुनिक श्रीमती हुन, यस्तै हुन्छन अचेल , प्राय जस्तो 
छोरा संगै भर्ना गर्नु ,बेस हुन्छ कक्षा दुइमा, लाजै मर्नु |५| 

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल- साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: