Pages

Monday, August 26, 2013

गजल

हर हमेसा हजुरको जय जय चाहान्छु म
सुभेक्षुक हुँ हजुरको मंगलमय चाहन्छु म||

गजलकार नभए नि अनुरागी हुँ गजलको
त्यसैले त गजलमा भाब लय चाहान्छु म ||

फेसबुक साहित्यको जती चर्चा चलाऊनुस् 
अर्थ छैन बहसमा खास बिषय चाहन्छु म||


कुनै क्षेत्र परिधीको हुँङकार नगरनुस् भो 
घमण्ड हैन अनुनय र बिनय चाह्न्छु म||

गजलमा गाउलेको औकात के सोध्नु हुन्छ?
संगै लडौ मैदानमा त्यो निश्चय चाहन्छु म|| 

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: