Pages

Monday, August 26, 2013

गजल

हँसएर हैन मलाइ रुवाएरै जानुस् 
आँखा बाट अश्रुधारा चुहाएरै जानुस् ||

नसम्झनु मान्छे नै हो दुख्ला मुटु भन्ने 
मन्दिरको घण्टा न हुँ बजाएरै जानुस् ||

नगर्नुस भो प्रदेसीको बिलौना र दु:ख 
नआउनु आए पछी कमाएरै जानुस् ||

नजानेका कुरा माथी बहस गर्न छोड्नुस 
अलिकति भाको इज्जत बचाएरै जानुस् ||

झुटो किन बोल्नु हुन्छ गाँउलेको सामु 
सक्नु हुन्छ भने आँखा जुधाएरै जानुस् ||

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: