Pages

Monday, August 12, 2013

गजल

खुशी बग्दा बलेसीमा आशा जल्दा मझेरीमा 
उजेलीमा हाँसी रहे एक्लै रोएँ अधेरीमा||

बन पाखा फूली रहें तिमी आउने प्रतीक्षामा 
काफलको गेडी भेट्दा किन हेर्थ्यौ अँगेरीमा||

फूल्ने पनी याम हुन्छ भाँची दियौ आँकुरा मै 
कसरी म फूल्न सक्छु चैत मास खडेरीमा|| 



न्याय जोख्ने तराजु नै कना हुँदा अन्याय भो 
सोझालाइ दण्ड हुन्छ जाबो झुटो जाहेरीमा||

सम्मान त्यहा भेटिने छ याद गर्नु जानेबेला
सुख पर्दा ससुराली दु:ख परे मितेरीमा||


जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish