Pages

Monday, August 12, 2013

गजल

न पेटमा पाप हुन्छ न मुखमा राम हुन्छ 
कोही हुन्न बिचराको मात्र जून घाम हुन्छ||

बेरोजगार भए युवा कसरी पो भन्छौ तिमी ?
आजभोलि शहरमा काम खोज्नै काम हुन्छ||

बुझ्नै गाह्रो नेपालीको बाध्यता की धैर्यता हो?
पानी थाप्ने तेल थाप्ने जता हेर्यो लाम हुन्छ||

भर्खरै त फक्रिदै थे कोपिला मै निमोठीए 
फुल्दैन फूल हतारले फूल्नेपनी याम हुन्छ||

निहालेर हेर्दा हुन्छ साहित्यका अनुरागी 
गजलको पाटो भित्र'गाँउलेको नाम हुन्छ||

जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish