Pages

Monday, August 19, 2013

उर्भराभुमी

हे हे......
आखुम ...


हे बाउ मेरा ब्रमचारी 
आमा बुढी कन्ने 
कहाँ बाट झापामा जन्माइस मलाई 
भगवान तँलाई धन्ने धन्ने 
बहु बिहे नगर भनी सरकार भन्दै गर्छ 
जनसंख्या आयोगको के काम स्वास्नी गन्दै गर्छ 
बाउका नि तीन टि मात्रै के कम म झन 

जेठि माथि कान्छी थप्न सुऋदै छ मन
............


हे भगवान तँलाई फेरी नि धन्यवाद 
मलाई झापामा जन्माएर मोरङमा हुर्काइस 
जुन उर्भराभुमी भयो जहाँ बिघाको 
६०-१०० मन सम्म धान फल्छ 
भोक्कै बस्नु परेन यदी 
झापा र मोरङ नि गजलभुमी भै दिएको भा 
बर्षामा .....जि र मुख एकै ठाँउ  लाएर 
चाउरिएको मेरो निधारमा निस्केको पसिना 
टोपी खोलेर पुछ्दै बाँसको लौरो 
टाँङ मुनी घुसाएर ह माले ह तारे भन्दै 
गोरुको जाइफल घोच्दै बर्खे लुँडी फाल्दा पेटमा ग्याँस्टिक पारेर 
धान रोप्यो मङसिरमा टुप्पामा दुई शेर गजल फल्थ्यो होला 
अनी के खानु 

लौ बुडी म नि अब कोइलाखाँत जान्छु कमाउन 
भन्दै ३ घान मकै भुटेर  दौराको फेरमा पोको पार्दै 
मर्याङ मर्याङ चबाउदै कोइलाखाँत को यात्रा सुरु हुन्थ्यो होला 
अनी कोइलाखाँत पुगेर कमाएको पैसा 

I M E गरेर पठायो अनी यता बुडीमाउले 
१ दर्जन चाउचाउ किनेर खड्कुलोमा 
पानी उमालेर पुन्युले हुँडलेर 
परीपञ्च भाग लगाएर खान्थिन होला 
फेरी पनि भगवान तँलाई धन्यवाद 
मलाई झापाको उर्भराभुमीमा जन्माएकोमा 
जय श्री राम
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish