Pages

Tuesday, September 03, 2013

गजल

दुख्छ मुटु घरीघरी संम्झनाले हो कि?
कोल्टे फिर्छु रातैभरी संम्झनाले हो कि?

सपनीमा देखेपछि झस्किएर उठ्दा
जल्छ आँत हरहरी संम्झनाले हो कि ?

तिता मिठा याद आए कोकोहोलो गर्दै
रोयो मन कठैबरी संम्झनाले हो कि?हिक्क गर्दै रोक्छ श्वास बाडुलीले सधैँ
सताउछ यसैगरी संम्झनाले हो कि?

कल्पनामा कल्पी बस्दा रसाएछन आँखा
भिज्यो गह आँशुझरी संम्झनाले हो कि?

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: