Pages

Tuesday, September 03, 2013

गजल


पोख्यौ आँशु बिदाइमा सगुन थिए मेरा
छरिएछन् कठैबरी! बिस्कुन थिए मेरा||

के भयो खै बोल्दिनौ रे बिछोड भए देखी
संगीतका सातै सुर त्यै धुन थिए मेरा||

तिमी रुदा कहाँ हुन्छन् ओभाना ई आँखाहरू
अनायासै झरे आँशु मनसुन थिए मेरा||

मृग तृस्णा जस्तै भयो मधुरो यो नयन
निरीह भए समदृष्‍टि अर्जुन थिए मेरा||

आतुर छन् कान मेरा तिम्रै आवाज सुन्न
चिच्याएका शब्दपनी करुण थिए मेरा||

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: