Pages

Tuesday, September 10, 2013

गजल

जारी नै छ युद्ध अझै खानपानसँग मेरो 
न आक्रोस छ न गुनासो भगवानसँग मेरो||

टुहुराको दिन आउछ गरीबको भाग्य फिर्छ 
बिमती थ्यो सुरु बाटै ती उखानसँग मेरो ||

ऐना सामु उभ्भिएर आफैलाई निहाल्छु म 
जोडिन्छ यो नाक किन?पहिचानसँग मेरो||


चमत्कार तब मान्छु जब ढुंगो अन्न बन्छ
चुनौती छ तिम्रो झुटो त्यो विज्ञानसँग मेरो|| 

उधारो मै चल्छ सधै'गाउँलेको'जिन्दगानी 
नमेटियोस कारोबार त्यो दोकानसँग मेरो ||

जीतु खड्का गाउँले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: