Pages

Monday, September 16, 2013

गजल

भत्किएछ भित्तो फेरी सताउछ पवनले
उदाङो छ छानो उस्तै गिज्याउछ गगनले||

अभाबको भुङ्रो भित्र पिल्सिएर बाँचेको छु
निहालेर हेर मलाई बताउछ नयनले||

सोची बिचारी बोल्नु हओस जसै मर्जी हजुरको 
कोमल हुन्छ मन मुटु दुखाउछ बचनले||


धन भन्दा ठुलो यहाँ पिरती नै हुने भए 
ल्हासा जाँदा मुनालाई छोड्दैन थ्यो मदनले 

जा गाँउले तेरै गाँउ पाल्दैन यो शहरले 
भोकै मर्छ सोझो यहाँ भन्छ किन यो मनले|| 

जीतु खड्का गाँउले

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: