Pages

Monday, September 16, 2013

गजल (पुरानो गजल परिमार्जन गरिएको )

गाँउ गल्ली गोरेटोमै भुलेको छ गाँउले 
आफ्नै भिर पखेरामा फूलेको छ गाँउले|१| 

मागी मिठो खाएन र चोरी राम्रो लाएन 
आफ्नै दौरा सुरुवालमा डुलेको छ गाँउले|२| 

खैजडी र डम्फु प्यारो मिठो मान्दै मादलु 
साराङीमा रेटिएर खुलेको छ गाँउले|३| 

आफ्नै रिती प्यारो ठान्दै जोगाउदै संकार 
रोधी गाउदै मारुनीमा झुलेको छ गाँउले|४||

सुख सँग तोडी नाता गाँसेको छु मितेरी 
नसम्झाउ दु:ख सँग घुलेको छ गाँउले|५|

जीतु खड्का गाँउले 
मोरङ उराबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: