Pages

Thursday, September 19, 2013

गजल

मेरो आफ्नै कहानी हो अधुरो छ अलिकती
गरिवीको कथा हो यो अपुरो छ अलिकती !१!

के पकाउ भन्दै बुढी अंगेनामा फतफताउछे
नुन छैन भुटुन छैन निगुरो छ अलिकती !२!

ठगी खान सक्छ उस्ले त्यसैले उ शहर छिर्यो
गाँउले हुँ म म भन्दा उ चतुरो छ अलिकती !३!












 सोची सम्झी पाउ राख्नु जिन्दगीको यात्राभरी
ठक्कर लाग्ला हर मोड घुमाउरो छ अलिकती !४!



ब्यर्थै किन चिन्ता गर्छौ भोकै मर्नु पर्दैन हौ
कमाएरै खाँउला प्यारी पाखुरो छ अलिकती !५!

मलाई किन डाक्नु भयो चौतारोमा हजुरले
हाँजिर भए भन्नुहोस् के कुरो छ अलिकती !६!

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: