Pages

Monday, September 16, 2013

गजल

अझै पनी समय छ बिताउने की महोदय?
संबिधानको मन्त्र जप्दै निधाउने की महोदय?

निर्वाचन हुदै छ'रे सुन्दै छु म हिजो आज 
उही बुढा साँडे गोरु उठाउने की महोदय?

हिजो एउटा हत्यारालाइ समातेछ प्रहरीले 
नेपाल बन्द गराएर छुटाउने की महोदय?

बुध्द माथी धावा बोले भर्खरै ती छिमेकीले 
रमिते भै सहमती जनाउने की महोदय?

फेरी पनी चुनाब चिन्ह मसाल नै रोज्नु भयो 
गाँउलेको झुपडी छ जलाउने की महोदय?

जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: